धनगढी । कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । सोमबार बेलुकी भीमदत्त नगरपालिका-११ मा भारतबाट नेपालतर्फ पैदल आइरहेका भीमदत्त-५ बस्ने २६ वर्षका र्जुन गुरुङ २.८३ ग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ परेका हुन् ।
सीमानाकामा लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा लागुऔषध पाइएपछि लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको बताएको छ ।
प्रतिक्रिया