ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बेलायती राजकुमार एडवार्ड दम्पती काठमाडौँमा

मङ्गलबार २२, माघ २०८१ ०२:५२

काठमाडौँ । बेलायती राजकुमार एडवार्ड दम्पती काठमाडौँ आइपुगेका छन् । राजकुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए । 

उनकी श्रीमती सोफिया बिहान साढे १० बजे नेपाल आइसकेकी छन् । राजकुमार दिल्लीबाट र राजकुमारी लन्डन हुँदै नेपाल आएकाले फरक-फरक जहाजमार्फत आएको बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राजकुमार एडवार्ड दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेललगायतलाई भेट्ने कार्यक्रम छ ।  

प्रतिक्रिया