ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

चितवनमा रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता

मङ्गलबार २२, माघ २०८१ ०३:२८

काठमाडौँ । मंगलबार पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा चितवन जिल्ला अदालतमा लामिछानेसहित ३२ जनाविरुद्ध  मुद्दा दायर भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । 

उनीहरुविरुद्ध ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको हो । सूचना अधिकारी विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालयले पहिले सहकारी ठगीमा संलग्न १५ तथा पछि थप १७ जनालाई संगठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको छ । उनीहरूविरुद्ध सरकारी वकिल कार्यालयले ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरेको छ ।

प्रतिक्रिया