ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी र डडेल्धुरा अर्जुन ट्रफीको सेमिफाइनलमा

बुधबार २३, माघ २०८१ ०५:५९

धनगढी । फ्रेन्ड्स क्लब डडेल्धुरा र डीसीए धनगढी कैलालीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेका छन् । समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतियोगिताबाट यसअघि नै बाहिरिएको बोष्टम एकेडेमी झापाले घोडाघोडी– ११ माथि एक रनको रोमाञ्चक जित निकालेसंगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने दुई टिमको टुंगो लागेको हो ।

आजको हारसंगै दुई खेलमा अंकविहीन रहेको घोडाघोडी–११ पनि प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले समूह चरणका तीन वटै खेल खेलिसकेको छ । तीनमा दुई जित र एकमा पराजित भएको धनगढी चार मंकसहित अन्तिम चारमा पुगेको हो । डडेल्धुराले भने अहिलेसम्म दुई खेल खेलेकोमा दुबै खेलमा जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा डडेल्धुराले बिहीबार घोडाघोडी–११ को सामना गर्नेछ । उक्त खेलबाट समूह बिजेताको टुंगो लाग्ने छ । 

बुधबार धनगढीको फाप्ला मैदानमा भएको दिनको दोस्रो खेलमा झापाले दिएको एक सय ६२ रन पछ्याएको घोडाघोडी– ११ ले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६० रन मात्रै बनाउनसक्यो । उसका लागि दीनेश रावतले ४० बलमा ६४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै, आयुव चन्दले २४, दीपक टमटाले १९ तथा कप्तान शेर मल्लले १० रन बनाए । झापाका अविशेक कार्कीले तीन तथा अरुण ऐरी र रमेश भट्टले एक–एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ गरेको झापाले २० ओभरमा छ विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो । झापाका लागि १५ बलमा ४१ रनको आक्रामक पारी खेले । खेलका म्यान अफ द म्याच भएका उनले पाँच छक्का र एक चौका प्रहार गरे । यस्तै अविशेक कार्की र रोहन बिकले समान ३७–३७ रन बनाए । पवन कार्कीले २० रन जोडे । घोडाघोडी–११ का शेर मल्लले दुई तथा नर सार्की, नरेन साउँद, सुर्य श्रेष्ठ र आयुव चन्दले एक–एक विकेट लिए । 
बुधबार नै भएको दिनको पहिलो खेलमा क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंले न्यू होराइजन बुटवललाई छ विकेटले पराजित गरेको थियो । बुटवलले दिएको एक सय छ रनको लक्ष्य पछ्याएको काडमाडौले १७.४ ओभरमा चार विकेट गुमाउँदै जित हासिल गरेको थियो । काठमाडौंका शुभ कङ्शाकार ५६ रनमा अविजित रहे । उनी खेलका प्लेयर अफ द म्याच घोषित भए । बुटबलका तुलबहादुर थापाले दुई विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ थरेको बुटवलले २० ओभरमा नौ विकेट गुमाउँद्यै एक सय रन बनाएको थियो । उसका प्रथीक श्रेष्ठले ३७ रन बनाए । काठमाडौंका राज शाह र सुर्य तामाङले समान तीन–तीन विकेट लिए । दुई खेल खेलेको काठमाडौंको यो पहिलो जित हो । काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा छ भने समान दुई खेल नै खेलेको बुटवल अंक तालिकाको दोस्रो स्थानमा छ । समूह ‘बी’मा खेलेका दुबै खेलमा जित निकालेको सिवाइसी अत्तरिया चार अंकसहित शीर्षमा छ । 

प्रतिक्रिया