ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सरस्वतीले छोडिन् एपीएफ, लागिन् अस्ट्रेलिया

बिहिबार २४, माघ २०८१ ०१:५१

धनगढी । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य सरस्वती चौधरी अस्ट्रेलिया लागेकी छिन् । नौ वर्षअघि सशस्त्र प्रहरीमा भर्ती भएकी चौधरीले सशस्त्रबाट राजीनामा गरेर अस्ट्रेलिया लागेकी हुन् । यसअघि पनि केही महिना अस्ट्रेलिया बसेकी उनले त्यहाँ भलिबल खेलेकी थिइन् ।

पोखरामा भएको पाँचौं संस्करणको टाइगर कप खेल्न उनी स्वदेश फर्किएकी थिइन् । फाइनलमा आयोजक टाइगर ग्रुपसँग उनी आवद्ध एपीएफ क्लब पराजित भएको थियो । उनी प्रतियोगितामा उत्कृष्ट स्पाइकर भएकी थिइन् । 

चौधरी एपीएफबाट १२ वर्षदेखि व्यवसायिक भलिबल खेल्दै आएकी थिइन् । उनले क्लब छोडेपछि एपीएफका प्रशिक्षक र खेलाडीले बिदाई गरेका छन् । सन् २०१३ बाट राष्ट्रिय टोलीबाट खेल्न थालेकी सरस्वतीले पछिल्लो पटक साउनमा काभा नेसन्स लिगमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । 

१३औं दक्षिण एसियाली खेलकुद (साग) र काभा नेसन्स लिगमा नेपाल दोस्रो हुँदा पनि उनी टोलीमा थिइन् । साउनमा नेपाल पुलिस क्लबले काभा क्लब च्याम्पियन्सिपमा जित्दा पनि उनी टोलीमा थिइन् । एपीएफबाट खेल्दा उनले देशका अधिकांश प्रतियोगिता जितेकी थिइन् । कैलालीको धनगढीकी चौधरीले अस्ट्रेलिया जाने क्रममा राष्ट्रिय भलिबल टोलीले प्रतियोगिता खेल्दा बोलाएपछि भने आउने बताएकी छिन् ।

प्रतिक्रिया