ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा हाइसले मोटरसाइकललाई ठक्कर दियो, एक जना घाइते

शनिबार २६, माघ २०८१ ११:१०

धनगढी । कैलालीमा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–४ को राजीपुरमा कर्णाली प्रदेश ०२००१८ प ०८५६ नम्बरको हाइसले सुदूरपश्चिम प्रदेश ०१०१२ प ५२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ बस्ने २३ वर्षीय किशोर चौधरी गम्भीर घाइते भएका प्रहरीले बताएको छ । उनको घोडाघोडीमै उपचार भइरहेको छ । माइक्रो बस र चालक सुर्खेतको वीरेन्द्रनगर–६ बस्ने ३३ वर्षीय राजबहादुर थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया