धनगढी । सुदूरपश्चिमका १० क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार टुंग्याएको छ । १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १० वटामा उम्मेदवार टुंगो लगाइएको हो ।
रास्वपाले डडेल्धुरामा डा. तारा जोशीलाई उम्मेदवार बनाउने भएको छ । उनी ०७९ सालमा डडेल्धुरा १(१) बाट स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
आफ्नो टिकट तय भएको बताउँदै जोशीले आजै काठमाडौंबाट गृहजिल्ला फर्किरहेको बताए । त्यहाँबाट सागर ढकालको चुनाव लड्ने इच्छा थियो । तर, जिल्लामा उनको माहोल राम्रो नदेखिएपछि उनी ब्याक भएका थिए ।
यस्तै बाजुराबाट हेमराज थापा, बझाङबाट शैलेश सिंह, कञ्चनपुर–१ बाट जनकसिंह धामी, २ बाट दीपक बोहरा, ३ बाट ज्ञानेन्द्र महतारा, कैलाली–१ बाट कोमल ज्ञवाली, ३ बाट लक्ष्मण थारू, ४ बाट हरि रेग्मी र ५ बाट आनन्द चन्द उम्मेदवार बन्ने भएका छन् ।
प्रतिक्रिया