धनगढी । धनगढीमा भीम रावलको जागरण भेला सुरु भएको छ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री रावलले आज धनगढीमा जागरण भेला गरिरहेका हुन् ।
सुदूरपश्चिम प्रदेश सभाका पूर्व सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा भेला सुरु भएको हो । धनगढीमा आयोजित जागरण भेला कञ्चनपुर र कैलाली केन्द्रित छ । भेलामा एमाले अनुशासन आयोगका सदस्य हर्क कुँवरलगायतको उपस्थिति छ भने अधिकांश एमाले कार्यकर्ताहरु नै सहभागी छन् ।
रावल २० माघदेखि सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा छन् । उनले मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माणको उद्घोष गरेका छन् ।
प्रतिक्रिया