बारा । १० दिनदेखि हराइरहेका तीन वर्षीय बालक मृत फेला परेका छन् । रौतहटको दुर्गा भवानी गाउँपालिका-१ घर भई जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजार मावलीमा बस्दै आएका तीन वर्षीय अंशु जयसवाल मृत फेला परेका हुन् ।
माघ १७ मा बालक घरबाट खेल्न निस्केका उनी वीरगन्ज-३२ टेढा गाउँनजिकको सियासोती खोलामा शनिबार मृत फेला परेका इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक शुभद्रा वाइबाले बताइन् ।
अंशु बोल्न नसक्ने अवस्थाका थिए । रौतहटको चन्द्रनगर नगरपालिका बजारमा कोठा भाडामा लिएर बस्दै आएका बालकका बुवा रितेश जयसवालले पत्नी सुत्केरी भएकाले छोरालाई ससुरालीमा छाडेको बताए ।
प्रतिक्रिया