कञ्चनपुर । कञ्चनपुरमा परालका टौवामा आगो लगाएको आरोपमा एक महिला पक्राउ परेकी छन् । बेलौरी नगरपालिका-२ दिनापुरमा परालका टौवाहरूमा लगातार आगजनी गर्ने गरेको आरोपमा एक महिला पक्राउ परेकी हुन् ।
शुक्रबार स्थानीयहरूले ती महिलालाई परालमा आगो लगाउँदै गरेको देखेपछि समातेर प्रहरीलाई खबर गरेका थिए । ती महिलालई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
स्थानीयले ती महिलाले यसअघि पनि विभिन्न ठाउँमा परालमा आगो लगाउने गरेको बताएका छन् । उनको नाम ठेगाना भने गोप्य राखिएको छ ।
प्रतिक्रिया