ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’ विमोचन

शनिबार २६, माघ २०८१ ०७:२२

धनगढी । क्याप्टेन बेद उप्रेतीको पायलट प्रेम कृतिको विमोचन गरिएको छ । शनिबार धनगढीमा प्राध्यापक डा. हेमराज पन्त, डा. प्रेमराज पन्तलगायतले पायलट प्रेमको विमोचन गरे । स्वदेश तथा विदेशमा लामो समय उडान अनुभव संगालेका उप्रेतीको यो १३ औँ कृति हो । 

विमोचन समारोहमा उनले केही यथार्य र केही काल्पनिक विषयबस्तु समेटेर एउटा पाइलटको जीवन र प्रेमलाई उपन्यासमा देखाउन खोजिएको बताए । उनले यो पुस्तक ‘एभियसन’ अध्ययन गर्न चाहने विद्यार्थीलाई उपयोगी हुने बताए । हवाइ क्षेत्रका विषयबस्तु र प्रसङ्गहरु उल्लेख रहेकाले हवाइ क्षेत्रमा भविष्य बनाउन चाहनेले पुस्तकबाट ज्ञान हासिल गर्नसक्ने उनको भनाइ थियो ।

‘धेरैजसो वास्तविक विषयबस्तु र केही फिक्सन मिलाएर कथाबस्तु तयार पारिएको हो’ लेखक उप्रेतीले भने, ‘एभियन अध्ययन गर्न चाहने विद्यार्थीलाई पथ प्रदर्शक हुने ठानेको छु ।’ उडान क्षेत्रमा दुर्घटना, अवस्था, चुनौतिजस्ता विषय प्रसङ्ग पनि पुस्तकमा उल्लेख रहेको उनले जानकारी दिए ।

पुस्तकमाथि टीप्पणी गर्दै उपप्राध्यापक सीताराम भट्टले पायलट प्रेम जीवनवादी उपन्यास भएको बताए । ‘उपन्यासको मुख्य पात्र सोनाम शेर्पाको समर्पित प्रेम देखाइको छ’ भट्टले भने, ‘जीवन, प्रेम र आशावादीतामा लेखकको दार्शनिकता देखिन्छ ।’ अर्का टीप्पणीकर्ता कमलराज जोशीले पुस्तकको भाषाशैली परिस्कृत रहेको बताए । विमोचन समारोहको सञ्चालन पत्रकार दीर्घराज उपाध्यायले गरेका थिए ।
 

प्रतिक्रिया