धनगढी । मानवसेवा आश्रमको आयोजनामा धनगढीमा जारी श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञअन्तर्गत शनिबार २१ लाख १८ हजार रूपैयाँ बराबर दान संकलन संकलन भएको छ । मानव सेवा आश्रम धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले माघ २३ गतेदेखि पशुपति टोलमा भइरहेको महायज्ञमा व्यक्तिगत तथा संस्थागत रूपमा दान गर्नेहरूको उत्साहजनक सहभागिता देखिएको छ ।
महायज्ञमा शनिबार बेलौरी नगरपालिका–४ कञ्चनपुर निवासी पद्मा शाही बिष्टले आफ्ना स्वर्गीय श्रीमान अमिर बिष्टको स्मृतिमा धनगढीमा शाखाको एक कोठा निमार्णका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गरिन् । धनगढी उपमहानगरपालिका–१६, कैलाली निवासी नन्दलाल जैसीले वृद्धभत्ताको रकम कटाएर १ लाख १० हजार रूपैयाँ महायज्ञमा दान गरेका छन् ।
त्यस्तै कैलालीको चुरे गाउँपालिकाले भवनको एक कोठा निर्माणको लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता गरेको छ । धनगढी उपमाहनगरपालिका–४, निवासी हरिबहादुर कार्की र शुशीला कार्कीले आफ्ना बुवा स्वर्गीय रत्नबहादुर कार्की र आमा सरस्वती कार्कीको स्मृतिमा भवन निर्माण सेवाका लागि ५५ हजार ४ सय २२ रूपैयाँ दान गरेका छन् ।
गोदावरी नगरपालिका–१, निवासी भानुभक्त जोशीले स्वर्गीय पितृहरुको स्मृतिमा ५५ हजार ५ सय ५५ रूपैयाँ, धनगढी उपमहानगरपालिका–३, निवासी भोजनराज पाठक र पुनीदेवी पाठकले ५१ हजार २१ रूपैयाँ, धनगढी उपमहानगरपालिका–५, निवासी श्यामराज श्रेष्ठ र बिमला श्रेष्ठले पितृहरुको स्मृतिमा २५ हजार ५ सय ५५ रूपैयाँ, मायादेवी शर्माले १५ हजार ५ सय ५ रूपैयाँ दान गरेका छन् ।
धनगढी उपमहानगरपालिका–४, निवासी बलदेवप्रसाद भट्ट र कलावती भट्टले २१ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका–८, निवासी लक्ष्मीदेवी सिंहले १५ हजार ५१ रूपैयाँ, धनगढी–२, निवासी शान्ती जोशीले पितृहरुको स्मृतिमा १५ हजार ५ सय ५ पाँच रुपैयाँ, लम्कीचुहार नगरपालिका–५, निवासी जानकीदेवी बिष्टले १० हजार १ सय ५५ रूपैयाँ, गोदावरी नगरपालिका–१, निवासी प्रतापसिंह महराले स्वर्गीय बुवा लालसिंह महराको स्मृतिमा १० हजार १ सय २५ रूपैयाँ र धनगढी–१, लक्ष्मीनगर निवासी दुर्गाबहादुर कार्कीले भवन निर्माण सहयोगार्थको १५ हजार १ सय ५५ रूपैयाँ दान गरेका छन् ।
भवन निर्माण सहयोगार्थ शिवपुरी धाम नारी जागरणको अध्यक्ष एवम् नेशनल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको मूख्य व्यवसाय प्रवन्धक गीता मल्लले १५ हजार १ सय ५५ रूपैयाँ, धनगढी–१५, कैलाली निवासी दलबहादुर रोकायाले १२ हजार ३ सय रूपैयाँ, धनगढी–६, निवासी केशवदत्त जोशीले स्वर्गीय बुवा चन्द्रदत्त जोशीको स्मृतिमा १५ हजार ५० रूपैयाँ, धनगढी–७, निवासी यमकला कुँवरले ५ हजार १ सय १० रूपैयाँ, धनगढी–३, निवासी शिवप्रसाद पौडेलले १५ हजार १ सय ६५ रूपैयाँ, उद्धवसिंह सेठी र महेश्वरीदेवी सेठीले ५ हजार ५ सय ५५ रूपैयाँ, भिमदत्त बिनाडी उपाध्यायले ५ हजार ५ सय ५ रूपैयाँ, गणेशप्रसाद अधिकारी ५ हजार ५ सय ५५ रूपैयाँ, नारायणी जोशीले ५ हजार १५ रूपैयाँ सहयोग गरेका छन् ।
गोदावरी नगरपालिका–१४, निवासी शान्ती बिष्टले ५ हजार ५ रूपैयाँ, रणबहादुर शाहीले ५ हजार ५५ रूपैयाँ, सन्त परमानन्द कृष्ण मन्दिरद्वारा ५ हजार १ सय रूपैयाँ, गोदावरी नगरपालिका–५, स्थित स्वाभीमानी समूहद्वारा ५ हजार १ सय २५ रूपैयाँ दान गरेको मानव सेवा आश्रमले जनाएको छ ।
मानवसेवा आश्रमले धनगढी–५, तारानगरमा घर भाडामा लिई छ वर्षअघि सेवा शुभारम्भ गरेको हो । शाखाले हालसम्म ३ सय ८८ जनाभन्दा बढी बेसहारा, असहाय,अभिभावकविहीन, जीवन जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट उद्धार गरी सेवा प्रदान गरिसकेको जनाएको छ ।
प्रतिक्रिया