धनगढी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले थारु समुदायकोे हकहित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएकी छिन् । नेपाली काँग्रेसको थारु विभाग तथा नेपाल थारु संघले कैलालीको हसुलियामा आयोजना गरेको प्रथम कैलाली जिल्ला भेलामा मन्त्री देउवाले थारु समुदायको हकहितमा संरक्षणका लागि नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताएकी हुन् ।
कमलहरी प्रथा उन्मुलन गर्न पनि आफ्नो पार्टीको महत्त्वपूर्ण भूमिका रहेको उनले बताइन् । `नेपाल बहुसांस्कृतिक देश हो,´ थारु पहिरनमा सजिएकी मन्त्री देउवाले भनिन्, `यहाँ विभिन्न जातजातीहरुको बसोबास छ । हामीले सबैको संस्कृतिलाई संरक्षण र सम्मान गर्नुपर्छ । म सबैको पोशाक लगाउने प्रयास गर्छु । विदेश जादा थारु समुदायको पोसाक पनि नगाउनेछु ।´
उनले थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोग निवारणमासमेत नेपाल सरकारले काम गरिरहेको बताइन् ।
कार्यक्रममा थारु समुदायको राजनीतिक सशक्तीकरण र अधिकार सुनिश्चितताको विषयमा छलफल भएको थियो ।
समावेशिता, शिक्षा, रोजगारी, र राजनीतिक सहभागिताका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै थारु विभागका नेताहरूले आगामी दिनमा थप सक्रिय भूमिकाका लागि आग्रह गरे ।
प्रतिक्रिया