ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीबाट गइरहेको मोटरसाइकल र ट्रक डोटीमा ठोक्किए

आइतबार २७, माघ २०८१ ०३:१४

धनगढी । डोटीमा धनगढीबाट गइरहेको मोटरसाइकल र विरीत दिशाबाट आइरहेको ट्रक आपसमा ठोक्किएका छन् । आइतबार दिउँसो २ बजेको समयमा जोरायल गाउँपालिका-२ थामीडाँडास्थित भीमदत्त राजमार्गमा धनगढीबाट डोटीतर्फ जाँदै गरेको सुपप्र ०१००८ प ८९५७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको सुपप्र ०१००१ ख ३३६० नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । 

दुर्घटनामा मोटरसाइकल चालक जोरायल-६ दोथला बस्ने २७ वर्षका नरेश विसी घाइते भएका प्रहरीले बताएको छ । उनलाई उपचारका लागि छतिवन स्वास्थ्य चौकी बुडर पठाइएको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । 

ट्रकसहित चालक डडेल्धुराको अमरगढी नगरपालिका-६ बस्ने ३३ वर्षका विक्रम बोहरालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको डोटी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया