धनगढी । डोटीमा बालुवा बोकेको ट्र्याक्टर उकालो चढ्न नसकी सडकबाट १० मिटर तल खसेको छ । आइतबार ३:३५ बजेको समयमा दिपायल सिलगढी नगरपालिका-३ मठमा सेती नदीको किनारबाट बालुवा लिई दिपायलतर्फ जाँदै गरेको सुपप्र ०१००२ त ४६५९ नम्बरको ट्र्याक्टर उकालोमा ब्याक भएर सडकबाट खसेको हो ।
दुर्घटनामा सोही ट्र्याक्टरमा लेवरको रुपमा काम गर्ने कैलालीको गोदावरी नगरपालिका-९ गेटा बस्ने २२ वर्षीय नारायण चौधरी घाइते भएका प्रहरीले बताएको छ । उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पठाएको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
ट्र्याक्टर चालक दिपायल सिलगढी-३ पुलबजार बस्ने २५ वर्षका सुरेश नेपाली फरार छन् । उनको खोजि भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया