ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

खगराजलाई प्रदेश इन्चार्जबाट हटाएको एक वर्षपछि सहइन्चार्ज बनाइयो, भन्छन्– कागलाई बेल पाक्यो

सोमबार २८, माघ २०८१ १०:४०

धनगढी । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खगराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जबाट हटाएको एक वर्ष पुग्नै लागेको छ । ०८० फागुनमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भट्टलाई प्रदेश इञ्‍चार्जबाट हटाएउने निर्णय गरेको थियो । 

उनको ठाउँमा सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल इञ्‍चार्ज र  बिना मगरलाई सहइञ्‍चार्जको जिम्मेवारी दिइएको थियो । त्यसको झण्डै एकवर्षपछि भट्टलाई सहइन्चार्ज बनाइएको छ । 

माओवादी केन्द्रले आइतबार मातहतका कमिटीमा पठाएको सर्कुलरमा भट्टलाई सहइन्चार्ज बनाउने निर्णय भएको उल्लेख छ । सुदूरपश्चिम प्रदेशमा पोखरेललाई इन्चार्ज र विना मगरलाई सहइन्चार्जमा निरन्तरता दिइएको छ भने खगराजलाई सहइन्चार्ज बनाएको छ । 

अघिल्लो वर्ष माघ दोस्रो साता प्रदेश संसदीय दलका बहुमत सदस्यले भट्टलाई दल नेताबाट पनि हटाएका थिए । उनको ठाउँमा मानबहादुर धामीलाई संसदीय दलको नेता बनाइएको थियो । 

यस्तै भट्टले आफूलाई दिइएको जिम्मेवारीप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा असन्तुष्टि जनाउँदै भट्टले लेखेका छन्, ‘कागलाई बेल पाक्यो।’

याे पनि ः खगराजलाई दल नेता बन्न कसले रोक्दैछ ?

प्रतिक्रिया