बझाङ । बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा उद्घाटन गरिएको छ । सोमबार नेपाल राष्ट्र बैंकका गनर्भर महाप्रसाद अधिकारीले बैंकिङ पहुँचबाट टाढा रहेको साइपालमै पुगेर एभरेष्ट बैंकको शाखा उद्घाटन गरेका हुन् ।
शाखा उद्घाटनका लागि गभर्नरसहित एभरेष्ट बैंकका अध्यक्ष बालगोपाल वैद्य, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पनि साइपाल पुगे । योसँगै अब देशभरका ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ ।
प्रतिक्रिया