ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीको फाप्लामा क्रिकेट हेर्न पुगेका ऐरले जिते एक लाख

सोमबार २८, माघ २०८१ ०४:०७

धनगढी । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका छन् । आज भइरहेको फाइनल खेलमा छक्का प्रहार भएको बललाई समातेका ललीतले ब्रेड बक्सको तर्फबाट नगद एक लाख प्राप्त गरेका हुन् ।

ब्रेड बक्सले फाइनल खेलमा प्रहार भएको छक्का समात्ने पहिलो दर्शकलाई नगद एक लाख पुरस्कार दिने घोषणा गरेको थियो । यस्तै अन्य छक्का प्रहार भएको बलमा पनि क्याच गरेमा प्रति क्याच १० हजार घोषणा गरिएको थियो ।

यसअघि आइतबार भएको सेमिफाइनलमा पहिलो क्याच गर्दै बैतडीका हरिश भाटले ५० हजार पुरस्कार पाएका थिए । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ का ललीत आज फाइनल खेल हेर्नका लागि चार जना काकाहरुसँगै फाप्लामा पुगेका थिए । चन्द सुर्य सेकेन्डरी स्कुलमा कक्षा १२ मा पढिरहेका उनले पाएको एक लाख अध्ययनमा लगानी गर्ने बताएका छन् ।  
 

प्रतिक्रिया