धनगढी । कैलालीमा एक लाख बढी मूल्यको भन्सार छलीको सामान बरामद गरिएको छ । आइतबार राति गोदावरी नगरपालिका-४ हनुमान मन्दिर नजिक सडकखण्डमा भन्सार छली ल्याएका एक लाख ४२ हजार मूल्यको सामान बरामद गरिएको हो ।
मोटरसाइकलका पाटपुर्जा, मोबाइलका पाटपुर्जा र उनि स्वीटर धागो इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले फेला पारी बरामद गरेर कैलाली भन्सार कार्यालय पठाएको जनाएको छ ।
प्रतिक्रिया