कञ्चनपुर । कञ्चनपुरमा भूमिसम्बन्धी समस्या समाधान आयोगले पूर्णता पाएको छ । विज्ञ र सदस्यहरू नियुक्त गरिएसँगै आयोगले पूर्णता पाएको हो ।
यसअघि अध्यक्ष मात्र नियुक्त गरिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जिल्ला अध्यक्षमा नेत्र प्रकाश पन्तलाई नियुक्त गरेको थियो ।
हालै आयोगका अन्य पदाधिकारीमध्ये विज्ञ सदस्यमा दिलबहादुर सिजाली, सदस्यमा दिलबहादुर देउवा र महिला सदस्यमा कमला चौधरीलाई चयन गरेको छ । आयोगका अध्यक्ष पन्तले अब कामलाई तीव्रता दिइने र भूमिसम्बन्धी समस्याको अन्त्य गरिने बताएका छन् ।
प्रतिक्रिया