पोखरा । पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किँदा मेयर आचार्य घाइते भएका हुन् ।
उनलाई उपचारका लागि अस्पताल लगिएको र चोट सामान्य रहेको बताइएको छ । सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेका थिए । उनी पनि सामान्य घाइते भएका बताइएको छ ।
प्रतिक्रिया