ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बेलुन पड्केर घाइते भएका अर्थमन्त्री र मेयरलाई काठमाडौँ ल्याइँदै

शनिबार ०३, फागुन २०८१ ०३:११

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौँ ल्याइँदै छ । 

पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्केर घाइते भएका उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो । अर्थमन्त्रीको सचिवालयका अनुसार पौडेलको हात र अनुहारमा चोट लागेको छ । उनलाई थप जाँचका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिनेछ । 

अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको थियो ।

प्रतिक्रिया