रसुवा । रसुवामा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका गाउँपालिका(१ राम्चे बस्ने मीन लामा तामाङला रहेका छन् ।
उनलाई महिलामाथि जबरजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया