बसको ठक्करबाट घाइते अम्कोटका ८ वर्षीय नयन पाध्यायको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ५० वर्षीया आमा विष्णा पाध्याय घाइते भएकी थिइन् ।
धनगढीबाट सदरमुकाम मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसिरहेका आमाछोरालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बहादुर बोहराले बताए । उनका अनुसार घाइते भए लगत्तै उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएकोमा छोराको मृत्यु भएको छ भने आमाको उपचार भइरहेको छ ।
बस चालक कैलालीको धनगढी उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय उपेन्द्र मडै र बस नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया