ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

परराष्ट्रमन्त्री राणाले भनिन्– विपीन जोशी चाँडै रिहा हुनेछन्

आइतबार ०४, फागुन २०८१ ०३:१६

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपीन जोशी छिट्टै रिहा हुने आशा व्यक्त गरेकी छन् । 

ओमानको राजधानी मस्कटमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुरैखीसँग भेटवार्ता गरेपछि उनले यस्तो बताएकी हुन् । 

‘हामीले अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्धक बनाइएका विपीन जोशीको सुरक्षित रिहाइ गर्ने प्रयासहरूबारे पनि छलफल गर्यौं । हामी आशा गर्छौं जोशी चाँडै रिहा हुनेछन्,’ मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् ।

मन्त्री राणा ‘८ औं हिन्द महासागर सम्मेलन २०२५’ मा सहभागी हुन गत शुक्रबार ओमानको मस्कट गएकी हुन् ।

प्रतिक्रिया