ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
३९ पालिकाका हजार बढी प्रशिक्षार्थी

धनगढीमा आजदेखि रोजगार मेला

बिहिबार ०८, फागुन २०८१ ०८:१०

धनगढी । धनगढीमा बिहीबारदेखि सीप तथा रोजगार मेला सुरु हुँदै छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा सीप तथा रोजगार मेला सञ्चालन भइरहेको हो । धनगढीस्थित खुला मञ्चमा सञ्चालन हुने मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नेछन् । 

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले रोजगार मेलाका लागि नौ जिल्लाका ४७ स्थानीय तहबाट चार हजार आठ सय ३० जनाले आवेदन दिएकोमा ३९ पालिकाका एक हजार ४० जना छनोट भएको जानकारी दिए । उनका अनुसार सहभागी प्रशिक्षार्थीहरूलाई २९ विषयमा तालिम दिइने छ । 

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष प्रमोद पाठकले तालिम ४० दिनसम्म चल्ने जानकारी दिए । जसमा ३० दिन विभिन्न विधामा सिपमुलक तालिम, पाँच दिनसम्म जिवन उपयोगी र उद्यमशिलता विकास सम्बन्धी तालिम दिइनेछ भने दुई दिन रोजगारदाता र तालिमप्राप्त युवाहरुबिच अन्तक्रिया गरिने पाठकले जानकारी दिए । 

युवाहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको मागअनुसार सिप सिकाई दक्ष बनाउने, स्वदेशमै रोजगारका अवसर पाउनका लागि दक्ष जनशक्ती तयार गर्न, युवाहरुलाई दक्ष बनाई उद्यमी बन्न र स्टार्टअप व्यवसायका लागि उत्प्रेरित गर्ने मेलाको मुख्य उदेश्य रहेको मेयर हमालले बताए ।

मेलामै रोजगारदाता र तालिम प्राप्त दक्ष जनशक्तीबीच रोजगारीका लागी अन्तरक्रिया गराउने तथा सम्बन्धित रोजगारको लागि ओजीटी गराइने पनि बताइएको छ । 

प्रतिक्रिया