ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा १२ ग्राम बढी खैरो हेरोइनसहित पाँच जना पक्राउ

बिहिबार ०८, फागुन २०८१ ११:३२

धनगढी । कैलालीमा १२ ग्राम बढी खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–८ बुद्ध चोकबाट सोही ठाउँका २९ वर्षीय बसन्त खत्रीलाई पक्राउ गरिएको छ । 

उनको साथबाट १० ग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको छ । यस्तै, गोदावरी नगरपालिका–६ लालपुर बजारबाट सोही ठाउँका २२ वर्षीय करन नेपाली र २४ वर्षीय बाजी आउजी पक्राउ परेका छन् । उनीहरुको साथबाट एक ग्राम  ३७० मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको छ । 

यस्तै, टीकापुर नगरपालिका–९ खक्रौला स्थित सडक खण्डमा भारतबाट नेपालतर्फ आइरहेको सु.प.प्र.०१–००९  प ५७७४ नम्बरको मोटरसाइकलमा सवार टीकापुर नगरपालिका–१ बस्ने १५ बस्ने २१ वर्षीय जगतबहादुर भण्डारी र वडा नम्बर २ बस्ने २० वर्षीय शेखर सुनारलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । 

प्रतिक्रिया