धनगढी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पूर्वनिर्धारित भारत भ्रमणको कार्यक्रम अकस्मात रद्ध भएको छ ।
यसअघि देउवा बिहीबार भारत जाने कार्यक्रम तय भएको थियो ।
इन्डिया फाउन्डेसनले आयोजना गरेको कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेनेबिलिटी कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन देउवा आज भारत जाने तयारीमा थिए ।
तर, उक्त कार्यक्रम नै रद्ध भएपछि देउवाको भ्रमण पनि रद्द भएको हो । महाकुम्भमा अत्यधिक भिड हुने भएपछि कार्यक्रम गर्न नसकिने जानकारी आयोजकबाट देउवाको सचिवालयलाई गरिएको थियो ।
प्रतिक्रिया