ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

चैतन्य पाठशालाको प्राचार्यमा ओझा

बिहिबार ०८, फागुन २०८१ ०४:४५

धनगढी । धनगढीमा रहेको चैतन्य पाठशालाको प्राचार्यमा प्रेमनिधि ओझा नियुक्त भएका छन् । नवनियुक्त प्राचार्य ओझालाई विद्यालयले बिहीबार एक कार्यक्रमका बीच स्वागत गरेको छ । 

शिक्षा क्षेत्रमा करिब ३७ वर्ष लामो अनुभव भएका ओझा धनगढीको प्रतिष्ठित ऐश्वर्य विद्या निकेतनको प्राचार्यबाट हालै सेवा निवृत्त भएका थिए । नवनियुक्त प्राचार्य ओझाले चैतन्य पाठशालाको शिक्षा प्रणाली उत्कुष्ट रहेको उल्लेख गर्दै आगामी दिनमा शैक्षिक गुणस्तरलाई अझ सुधार गरेर लैजाने बताए ।

नवनियुक्त प्राचार्य ओझालाई शुभकामना दिँदै पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले चैतन्य पाठशाला किताबी ज्ञानसँगै जीवन निर्माणको शिक्षामा जोड दिँदै आएको बताए । चैतन्यले जीवनोपयोगी सीप प्रदान गर्ने उनले बताए ।  
 

प्रतिक्रिया