ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

उकु महलमा भेटिन थाले मन्दिरका भग्नावशेष

शनिबार १०, फागुन २०८१ ०२:५८

धनगढी । दार्चुलामा रहेको उकु महलमा मन्दिरका भग्नावशेष भेटिन थालेका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ मा रहेको उकु महलको पुरातत्व विभागले उत्खनन् गर्दै आइरहेको छ । 

उत्खननका क्रममा त्हाँ ठुलो संख्यामा कलात्मक शिला, विभिन्न मूर्ति, शिखरका अर्ध भाग, ढुङ्गेधारा, बसाहा, सिंहलगायत थरी थरीका आकृति भएका वस्तुका अवयव भेटिएका छन् । यसअघि यहाँ १५औँ शताब्दीको शिलालेखसमेत भेटिएको थियो ।

करिब एक बिघा क्षेत्रफलमा महलको भग्नावशेष छ । भारतबाट बगेर आउने गोरी नदी र नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीको संगमस्थल जोलजिबी बजारबाट चार किलोमिटर दक्षिण महाकाली नदी छेउको बायाँ किनारमा महलको भग्नावशेष रहेको छ ।

प्रतिक्रिया