ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सहरमै रोकिएन बालविवाह, २० वर्ष नपुग्दै हुन्छन् आमा

बिहिबार १५, फागुन २०८१ ११:५४

धनगढी । सुदूरपश्चिमको प्रदेशको सबैभन्दा सुगम जिल्ला कैलालीका सहरी क्षेत्रमा पनि बालविवाह हुने क्रम रोकिएको छैन । २० वर्ष नपुग्दै सुत्केरी हुनेको संख्या धेरै देखिएपछि बालविवाह हुने क्रम नरोकिएका पुष्टि भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षको माघ मसान्तसम्म आठ सय ८१ जना २० वर्षमुनिका सुत्केरी भएको तथ्यांक सार्वजनिक गरेको छ । कार्यालयका अनुसार मोहन्याल गाउँपालिकामा ३५, चुरे गाउँपालिकामा २९, गोदावरी नगरपालिकामा ३२, गौरीगङ्गा नगरपालिकामा ८३ जना महिला कम उमेरमा सुत्केरी भएका छन् । यसै गरी घोडाघोडी नगरपालिकामा ८३, बर्दगोरिया गाउँपालिकामा २५, लम्कीचुहा नगरपालिकामा १७, जानकी गाउँपालिकामा १५, जोशीपुर गाउँपालिकामा २१, टीकापुर नगरपालिकामा ९५, भजनी नगरपालिकामा ५९, कैलारी गाउँपालिकामा ३८ जना कम उमेरमा सुत्केरी भएका छन् । सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा ३४९ जना २० वर्षमुनिमै सुत्केरी भएका छन् ।

महिला कम उमेरमा सुत्केरी हुनेक्रम नरोकिएकाले मातृशिशु मृत्युदर घटाउन चुनौती भइरहेको बताइएको छ । यस्तै कैलालीमा अझै घरमै सुत्केरी हुने क्रम रोकिएको छैन । १३ वटै पालिमामा बर्थिङ सेन्टर रहे पनि अझै पनि घरमै सुत्केरी हुने गरेको पाइएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३५ जना महिला घरमै सुत्केरी भएका छन् । 
 

प्रतिक्रिया