धनगढी । सुदूर तराइका जिल्लामा रानाथारू समुदायमा होरी पर्वको रौनक सुरु भएको छ । एक महिना आठ दिनसम्म चल्ने होरी पर्वमा अहिले रानाथारू समुदायले जिन्दा होरी मनाइरहेका छन् ।
जिन्दा होरीमा रातिको समय ढोल तालमा सामूहिक रूपमा होरी नाच नाचेर रमाउने चलन रहेको छ । माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिन्दा होरी खेलेर रमाउने चलन छ ।
होली पर्वको होलिका दहन नगरुन्जेलसम्म रानाथारू समुदायका बुढापाका, युवकयुवती मिलेर राति जिन्दा होरी नाच नाच्ने र रमाउने गर्दछन् ।
प्रतिक्रिया