ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डोटी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

बुधबार ०६, चैत २०८१ ०६:४९

धनगढी । डोटी बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ । स्ववियु सभापतिमा इन्द्र राणा विजयी भएका छन् । राणाले २२१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका सुरेश रोकायाले ११० र अखिल क्रान्तिकारी तथा अखिल समाजवादीका साझा उम्मेदवार अजित सिंहले ८८ मत प्राप्त गरे ।

सचिवमा २१९ मत प्राप्त गरी नेविसंघकै साजन रावल विजयी भएका छन् । सचिव पदका उम्मेदवार अखिल समाजवादीका हरिश बोगटीले ११० र अनेरास्ववियुका मोहन ऐरले ९५ मत प्राप्त गरे ।

कोषाध्यक्षमा २२० मतसहित नेविसंघका दीपा विष्ट निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी इश्वरी मलासीले ११५ र अखिल क्रान्तिकारीकी रुकमणी बिष्टले ७७ मत पाइन् ।

प्रतिक्रिया