ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेपालमा संभावना देखाइदिने निकाय नै छैन : सिंह

बिहिबार १३, मङि्सर २०८१ ०३:५०

धनगढी । युवा उद्यमी शैलेश सिंहले केही गर्ने जाँगर भएकालाई नेपालमै थुप्रै संभावना र अवसरहरु रहेको बताएका छन् । अग्रलेख मल्टिमिडिया प्रालिले आयोजना गरेको अग्रलेख संवादमा बोल्दै उनले संभावना र अवसर भए पनि त्यसबारे जानकारी दिने निकाय भने नेपालमा नरहेको बताए ।

‘युवालाई विदेश पठाउने थुप्रै कन्सलटेन्सी छन्’ सिंहले भने, ‘तर यहाँ यो अवसर छन्, यहाँ पनि भविष्य छ भनेर भनिदिने, सूचना दिने निकाय छैन । अवसर र संभावनाबारे प्रचारनै हुँदैन ।’ यही कारण विदेश जानेको संख्या बढेको उनले बताए ।

उद्यम गर्न चाहनेलाई प्रोत्साहन गर्ने राज्यको नीति हुनुपर्ने सिंहले बताए । तर कर, अडिटलगायत विभिन्न वहानामा सरकारलाई चर्को रकम तिर्नुपर्दा केही गर्न चाहनेलाई हतोत्साहित बनाउने गरेको सिंहको भनाइ छ ।

सुगम र दुर्गम क्षेत्रमा उद्यम गर्न चाहनेलाई राज्यको समान नीतिले हेर्न नहुने सिंहले बताए । केही गर्न खोज्नेलाई पनि नकारात्मक टीप्पणी गरेर हतोत्साहित गर्ने प्रवृति समाजमा बढ्दै जानु चिन्ताको विषय भएको उनले बताए ।
 

प्रतिक्रिया