ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पश्चिम सेतीको क्षमता बढ्यो, कति पुग्यो ?

शुक्रबार १४, मङि्सर २०८१ ११:०२

धनगढी । पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता बढाइएको छ । यसअघि सात सय ५० मेगावाट क्षमता रहेकोमा बढाएर आठ सय मेगावाट पुर्‍याइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेकाे लगानी बोर्डको बैठकले पश्चिम सेतीको क्षमता ५० मेगावाट बढाउने निर्णय गरेको हो । 

पश्चिम सेती जलविद्युत् आयोजना पाएको भारतीय कम्पनी एनएचपीसी लिमिटेडले क्षमता बढाउन र सर्वेक्षण अनुमतिपत्रको म्याद थप्न लगानी बोर्डलाई भनेको थियो । सोहीअनुसार पश्चिम सेतीको क्षमता विस्तारसँगै सर्वेक्षण अनुमतिपत्रको अवधि एक वर्ष थपिएको छ । 

एनएचपीसीले यसअघि नै पश्चिम सेतीको डीपीआरको मस्यौदा बुझाइसकेको छ । ०७९ भदौ २ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा पश्चिम सेती र एसआर ६ जलविद्युत् आयोजनाको जिम्मा दिने गरी लगानी बोर्ड र एनएचपीसी लिमिटेडबीच सम्झौता भएको थियो । लगत्तै २०७९ कात्तिकमा सर्वेक्षण अनुमतिपत्र जारी भएको थियो । सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र डीपीआर तयार गरी लगानी बोर्डको कार्यालयमा पेस गर्ने गरी उक्त सम्झौता भएको थियो । 

यसअघिको अध्ययनअनुसार सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाको लागत एक हजार तीन सय २० मिलियन अमेरिकी डलर र चार सय ५० मेगावाट उत्पादन क्षमताको एसआर–६ आयोजनाको लागत आठ सय मिलियन अमेरिकी डलर बराबर अनुमान गरिएको थियो । 
 

प्रतिक्रिया