ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुन एकैदिन १४ हजार ४०० ले बढ्यो

बुधबार २१, माघ २०८२ ११:३९

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

हिजो मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ थियो ।

त्यसैगरी, बुधबार चाँदीको भाउ पनि तोलामा २ सय ६५ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै चाँदीको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया