धनगढी । कैलालीको धनगढीमा ‘बाजेको सेकुवा’ सञ्चालनमा ल्याइएको छ । धनगढीको हसनपुरमा सेकुवा घर सञ्चालनमा ल्याइएको हो ।
सेकुवा घरको आज गायक चक्र बम र कैलाली उद्योगा वाणिज्य संघका अध्यक्ष पुष्कर ओझाले उद्घाटन गरे । सेकुवा पारखीहरूलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको चेन रेस्टुरेन्ट बाजेको सेकुवाले धनगढीमा २६औं शाखा सञ्चालनमा ल्याएको हो ।
बाजेको सेकुवा ब्रान्डमा रेस्टुरेण्ट सञ्चालन गर्न इच्छुक लगानीकर्ताको पहिचान र फ्रेञ्चाइज सम्झौता गर्ने काम बाजेको भेन्चर प्रालिले गर्दै आएको छ ।
यो कम्पनीले कुनै पनि सहरमा रेस्टुरेण्ट सञ्चालनमा ल्याउनुअघि स्थानीय बजारमा उपभोक्ताको खर्च गर्ने प्रवृत्ति, स्थानीय रेस्टुरेण्ट सञ्चालनको सम्भाव्यता अध्ययन गरेर सम्भावना रहेको ठाउँमा मात्र फ्रेञ्चाइज विस्तारलाई प्राथमिकतामा पार्ने गरेको छ ।
बाजेको सेकुवा सञ्चालनमा आएसँगै अब धनगढीबासीले लोकप्रिय सेकुवा, तास लगायतका नेपाली खानाको स्वाद लिन पाउने बताइएको छ ।
प्रतिक्रिया