ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा विपद् व्यवस्थापनलाई सुदृढ बनाउन छलफल

शुक्रबार १४, मङि्सर २०८१ ०३:०५

धनगढी । सुदूरपश्चिम प्रदेश बाढी, पहिरो, आगलागी र चट्याङजस्ता प्राकृतिक प्रकोपले बढी प्रभावित भइरहेको छ । अनियमित वर्षा र खडेरीले खाद्य सुरक्षा तथा जिविकोपार्जनमा नकारात्मक प्रभाव पारिरहेको छ । बाढी र पहिरोले जनधनको ठूलो क्षति पनि हुने गरेको छ । 

यस्तै, प्रकोपको जोखिम न्यूनीकरणका लागी तयारीमा जोड दिने उद्देश्यले प्रतिवद्ध तेस्रो कार्यक्रम सुरु भएको छ । शुक्रबार धनगढीमा आयोजित परियोजना शुभारम्भ कार्यक्रममा त्यसबारे जानकारी दिइएको हो । 
  
यूरोपियन यूनियनको सहयोगमा पिपुल ईन निड, सेभ द चिल्ड्रेन र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले प्रतिवद्द तेस्रो कार्यक्रम सञ्चालन गर्नेछन् । कार्यक्रम वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको १० स्थानीय तहमा कार्यान्वयन हुनेछ । 

कार्यक्रममा प्रकोप जोखिम न्यूनीकरणका लागि समुदाय र स्थानीय तहको क्षमता अभिवृद्धि गर्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । जोखिममा रहेका बस्तीहरूको वर्गीकरण गरी पहिरो न्यूनीकरण र पुनर्निर्माणको कार्यलाई सहज बनाउन प्रदेश सरकारले संघिय सरकार र स्थानिय सरकारसंग पुलको रुपमा काम गर्नुपर्ने गैरसरकारी महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष देवी खनालले बताए । 

प्रतिक्रिया