धनगढी । कैलालीको धनगढीमा रहेको एक होटलबाट चार जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित एनएस होटलबाट लागुऔषधसहित चार जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा कञ्चनपुरको बेदकोट नगरपालिका–८ का २० वर्षीय सुरेश बिष्ट, भीमदत्त नगरपालिका–१० का २३ वर्षीय लोकेन्द्र चन्द, डोटीको दीपायल सिलगढी नगरपालिका–८ का १९ वर्षीय रिजन कठायत र कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने १८ वर्षीया आशिका सिजापती रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
चैत २५ गते रातिको समयमा होटलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा चेकजाँच गर्दा ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन फेला परेको कैलाली प्रहरीले जनाएको छ ।
प्रतिक्रिया