ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीका दुई क्याम्पसमा नेविसंघ विजयी, एकमा अनेरास्ववियु

बिहिबार २८, चैत २०८१ ०८:०७

धनगढी । बैतडीको पाटन बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका सञ्जय भण्डारी विजयी भएका छन् । बुधबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी)को संयुक्त प्यानलका उम्मेदवार भण्डारीले १०५ मत प्राप्त गर्दै विजयी भएका हुन्  । 

उनका निकटम प्रतिस्पर्धी जनजागरण स्वतन्त्र विद्यार्थी युनियनका गौतमप्रसाद अवस्थीले ५६ मत ल्याए । नेविसंघकी उम्मेदवार माधवी भट्टले १६ मत ल्याइन् ।
 
सचिवमा संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका प्रकाश भट्टले ९६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्रका कमला भट्टराईले ५५ मत ल्याइन् ।
 
कोषाध्यक्षमा संयुक्त प्यानलबाट अनेरास्ववियुका गजेन्द्र चुनारा १०७ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दिनेशप्रसाद भट्टले ४९ मत ल्याए ।

यस्तै बैतडीकै जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका रोशन भट्ट प्यानलसहित विजयी भएका छन् । १०१ मत ल्याएर भट्ट सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका उमेश बडूले ५० मत ल्याए । 

यस्तै सचिवमा नेविसंघकी राधा बोहरा ८५ मत ल्याएर विजयी भइन् भने उनकी प्रतिस्पर्धी अनेरास्ववियुकी रेखा चुनाराले ५१ मत ल्याइन् । कोषाध्यक्ष पदमा विजयी भएकी नेविसंघकी मीना चन्दले ९१ मत ल्याउँदा अनेरास्ववियुका नवीन भट्टले ५५ मत ल्याए । 

बैतडीकै मणिलेक क्याम्पसमा नेविसंघ प्यानलसहित विजयी भएको छ । स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका मनोजदत्त ओझा विजयी भएका छन् । ओझा ४८ मत ल्याएर सभापतिमा विजयी हुँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका सरोज भट्टले ३७ मत ल्याए । त्यस्तै अखिल क्रान्तिकारीकी उम्मेदवार कल्पना भट्टले २१ मत ल्याइन् ।

यस्तै सचिवमा नेविसंघका दर्शन नेगी ५३ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अनेरास्ववियुकी उर्मिला नायकले ३७ र अखिल क्रान्तिकारीका धनवीर दयालले १८ मत ल्याए ।

कोषाध्यक्षमा नेविसंघकी पूजा चन्द ५२ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुकी लक्ष्मी ओझाले ४० मत र अखिल क्रान्तिकारिकि दिया दयालले १४ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया