धनगढी । अछाम २ मा एमाले उम्मेदवार यज्ञबहादुर बोगटी विजयी भएका छन् । नौ हजार ५१८ मत पाएर बोगटी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार पुष्पबहादुर शाहले नौ हजार ४६ मत पाए । बोगटी ४७२ मतले विजयी भएका हुन् ।
यस्तै नेकपाका बलबहादुर कुँवरले छ हजार ४९३ मत पाए भने रास्वपाका भूपदेव शाहले चार हजार ५६२ मत पाए ।
उनी रास्वपाका वरिष्ठ नेता बालेन शाह काठमाडौंको मेयर छँदा स्वकीय सचिव थिए । उनी बालेनसँगै महानगरको जिम्मेवारीबाट बाहिरिएर चुनाव लडेका हुन् । भूपदेवलाई सहयोग गर्न बालेन पनि उनको निर्वाचन क्षेत्रमा पुगेका थिए ।
प्रतिक्रिया