धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले शनिबार बाहेकका सार्वजनिक बिदाका दिनमा पनि सेवा दिने भएको छ । प्रशासन कार्यालयले एक सूचना जारी गर्दै नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बिदाका दिनमा पनि नियमित रुपमा उपलब्ध हुने जनाएको हो ।
प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा जारी सूचनामा वैशाख १ गतेदेखि लागु हुने गरी वर्ष भरी शनिबार बाहेकका बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सुचारु रहने उल्लेख छ ।
बुद्ध जयन्ती, गणतन्त्र दिवस, पृथ्वी जयन्ती, घटस्थापना, उँधौली पर्व, क्रिसमस डे, तमु ल्होसार, पृथ्वी जयन्ती, माघे सङ्क्रान्ति, सोनम ल्होछार, सहिद दिवस, महाशिवरात्रि, ग्याल्पो ल्होसार, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, इद र बकर इदको बिदामा पनि सेवा प्रभाव हुने जनाइएको छ ।
प्रतिक्रिया