ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली बहुमुखी क्याम्पसमा नेविसंघको सुरुवाती अग्रता, क्रान्तिकारी पछ्याउँदै

बिहिबार २८, चैत २०८१ ०४:१७

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा मतगणना सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनअन्तर्गत बुधबार मतदान भएकोमा केही समयअघि मात्रै मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । 

एक सय मतगणना हुँदा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अग्रता लिएको छ । नेविसंघबाट स्ववियु सभापतिका उम्मेदवार सन्तोष पन्तले ४० मत पाएका छन् । यस्तै अखिल (क्रान्तिकारी) का पवन सुनारले २१ मत पाएर पछ्याइरहेका छन् ।

अनेरास्ववियुका यमराज जोशीले १९, एकीकृत समाजवादी निकट अनेरास्ववियूले सुनिलराज जोशीले ८ र नेविसंघकी बागी उम्मेदवार अम्बिका चौधरीले ५ मत पाएकी छिन् । सचिवमा नेविसंघ र कोषाध्यक्षमा क्रान्तिकारीका उम्मेदवारले अग्रता लिएका छन् । 

निर्वाचन समितिका प्रमुख तर्कराज भट्टका अनुसार बुधबार भएको मतदानमा दुई हजार ५७ मत खसेको थियो । यसपटक क्याम्पसको स्ववियु निर्वाचनमा विगतको आफ्नो विरासत जोगाउने, विरासत फर्काउने र भत्काउनेबीच प्रतिस्पर्धा छ । नेविसंघ विरासत फर्काउने रणनीतिमा छ भने अनेरास्ववियु पछिल्लो विरासत जोगाउने र अन्य उम्मेदवार विरासत भत्काउने योजनामा छन् । 

 

May be an image of ticket stub, blueprint and text

प्रतिक्रिया