ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली बहुमुखी क्याम्पस : नेविसंघका पन्त मतान्तर बढाउँदै, क्रान्तिकारी पछ्याउँदै

बिहिबार २८, चैत २०८१ ०५:५७

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि मतगणना जारी छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म तीन सय मतगणना भएको छ । 
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सुरुवातदेखिको अग्रता कायमै राखेको छ ।

नेविसंघबाट स्ववियु सभापतिका उम्मेदवार सन्तोष पन्त एक सय ३२ मतका साथ लिड गरिरहेका छन् । यस्तै अखिल (क्रान्तिकारी) का पवन सुनारले ७६ मत पाएर पछ्याइरहेका छन् । पन्त र सुनारबीच ५६ मतको मतान्तर छ । 

अनेरास्ववियुका यमराज जोशीले ५०, एकीकृत समाजवादी निकट अनेरास्ववियूले सुनिलराज जोशीले ११ र नेविसंघकी बागी उम्मेदवार अम्बिका चौधरीले १९ मत पाएकी छिन् । सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेदवारले अग्रता लिएका छन् । 

निर्वाचन समितिका प्रमुख तर्कराज भट्टका अनुसार बुधबार भएको मतदानमा दुई हजार ५७ मत खसेको थियो । यसपटक क्याम्पसको स्ववियु निर्वाचनमा विगतको आफ्नो विरासत जोगाउने, विरासत फर्काउने र भत्काउनेबीच प्रतिस्पर्धा छ । नेविसंघ विरासत फर्काउने रणनीतिमा छ भने अनेरास्ववियु पछिल्लो विरासत जोगाउने र अन्य उम्मेदवार विरासत भत्काउने योजनामा छन् ।

प्रतिक्रिया