धनगढी । कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघको पुरै प्यानल विजयी भएको छ । स्ववियु सभापतिमा किरण साउँद ६५२ मत प्राप्त गर्दै विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी अनेरास्ववियुका गोविन्दप्रसाद भण्डारीले ५४७ मत प्राप्त गरे । सभापति पदमा स्वतन्त्र उम्मेदवार दिवाशिष जंग थापाले ४२ मत पाए ।
सचिवमा नेविसंघकै छविलाल न्यौपाने विजयी भएका छन् । उनले ६१९ मत प्राप्त गरे । सचिवमा नागरिक विद्यार्थी समाजका आशिष चौधरीले ५०३ मत प्राप्त गरे । सचिव पदमै स्वतन्त्र उम्मेदवार रहेका लोकेश देवकोटाले ८४ मत प्राप्त गरे ।
कोषाध्यक्षमा नेविसंघकी डिम्पल चौधरी ६६६ मतसहित विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका सुदिप नेपालले ५३० मत पाए । विजयी हुने सदस्य पनि सबै नेविसंघकै उम्मेदवार रहेका छन् ।
निर्वाचनमा नेविसंघविरुद्ध पाँच वटा विद्यार्थी संगठनले संयुक्त प्यानल बनाएका थिए ।
प्रतिक्रिया