ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली बहुमुखी क्याम्पस : रोकिएको मतगणना फेरि सुरू, कसको कति मत ?

शुक्रबार २९, चैत २०८१ ०७:५८

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि मतगणना फेरि सुरू भएको छ । अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका संगठनले मतगणना स्थल छोडेपछि बिहीबार रातिदेखि मतगणना स्थगित भएको थियो ।

निर्वाचन समितिका सदस्य टोपराज ढुंगानाका अनुसार उनीहरूलाई बिहान ५ बजेसम्मको समय दिएको थियो । निर्धारित समयमा मतगणना स्थल छोडेका संगठन उपस्थित नभएपछि मतगणना सुरु गरिएको ढुंगानाले जानकारी दिए । उनका अनुसार मतगणना स्थलमा अहिले कुनै पनि उम्मेदवारका प्रतिनिधि राखिएको छैन ।

उम्मेदवारका प्रतिनिधिलाई जानकारी नदिएरै मत पेटिका अर्को कोठामा सारिएको भन्दै अनेरास्ववियु लगायतका संगठनले विरोध गर्दै राति मतगणना स्थल छोडेका थिए । 

कलेजमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सुरुवातदेखिको अग्रता कायमै राखेको छ । एक हजार मतगणना हुँदा नेविसंघबाट स्ववियु सभापतिका उम्मेदवार सन्तोष पन्त ४३४ मतका साथ लिड गरिरहेका छन् । यस्तै अखिल (क्रान्तिकारी) का पवन सुनारले २४५ मत पाएर पछ्याइरहेका छन् ।

अनेरास्ववियुका यमराज जोशीले २०५, एकीकृत समाजवादी निकट अनेरास्ववियूले सुनिलराज जोशीले ३० र नेविसंघकी बागी उम्मेदवार अम्बिका चौधरीले ४७ मत पाएकी छिन् । सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेदवारले अग्रता लिएका छन् ।

निर्वाचन समितिका प्रमुख तर्कराज भट्टका अनुसार बुधबार भएको मतदानमा दुई हजार ५७ मत खसेको थियो । 

प्रतिक्रिया