धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनको लागि बिहीबार मूल आयोजक समितिको बैठक बसेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आयोजनामा बसेको मूल आयोजक समितिको बैठकले सबै समितिले कार्यतालिका बनाइ आ–आफ्नो कार्य सम्पादन गर्ने निर्णय गरेको छ ।
बैठकले संघ र प्रदेशका मन्त्रालय, निकायहरू तथा स्थानीय तहहरूसँगको समन्वय र सहयोगमा थप गृहकार्य र सम्मेलन तयारीका सबै कार्यहरू कार्यकारी समितिले गर्ने निर्णय गरेको हो । यसैगरी, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विकास साझेदार, लगानीकर्ता, स्थानीय उद्योगी व्यवसायीको व्यापक परामर्श र सहभागिता सुनिश्चित गरी सुदूरपश्चिम प्रदेश लगानी तथा विकास पूर्व सम्मेलन बैठक आयोजना गर्ने निर्णय गरेको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशका सबै पालिकाबाट लगानी तथा विकास सम्मेलनको सम्भावित उच्च प्राथमिकताको एकएक वटा आयोजना सिफारिस गरी आगामी वैशाखभित्र सचिवालयमा पठाउने बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया