धनगढी । कैलाली बहुमुखी क्याम्पसकाे स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका सन्तोष पन्त जित नजिक पुगेका छन् । एक हजार सात सय ५४ मतगणना भएकोमा पन्त ६९५ मतसहित जित नजिक पुगेका हुन् ।
उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका पवन सुनारले ४७५ मत पाएर पछ्याइरहेका छन् । पन्त र सुनारबीच २२० मतको मतान्तर छ । अब ३०३ मत गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै अनेरास्ववियुबाट सभापतिका उम्मेदवार यमराज जोशीले ३७२, एकीकृत समाजवादी निकट अनेरास्ववियूका सुनिलराज जोशीले ६० र नेविसंघकी बागी उम्मेदवार अम्बिका चौधरीले ८२ मत पाएकी छिन् ।
सचिवमा नेविसंघका ओमप्रकाश वस्ती पनि जित नजिक छन् । कोषाध्यक्षमा भने अखिल क्रान्तिकारीका उम्मेदवार धर्मराज तिमिल्सिना ५२६ मतका साथ लिड गरिरहेका छन् । उनलाई नेविसंघकी प्रमिला शाहले ५०० मत पाएर पछ्याइरहेकी छिन् ।
सदस्यमा भने नेविसंघकै उम्मेदवारले अग्रता लिएका छन् । निर्वाचन समितिका प्रमुख तर्कराज भट्टका अनुसार बुधबार भएको मतदानमा दुई हजार ५७ मत खसेको थियो ।
प्रतिक्रिया