धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय जनसभा धनगढीमा भइरहेको छ । केन्द्रीय कमिटीको आह्वानमा प्रदेश समितिले जनसभा आयोजना गरेको हो ।
आन्दोलनको उपलब्धी, संविधानको रक्षा र अराजकताविद्व भन्दै आयोजित जनसभामा एमाले महासचिव शंकर पोखरेल पनि सहभागी थिए । सभालाई ३३ मिनेट सम्बोधन गरेका महासचिव पोखरेलले अधिकांश समय पूर्वराजा ज्ञानेन्द्र शाहको विरोध गर्दै बिताए ।
उनी सम्बोधनका क्रममा धनगढीवासीसंग पनि आक्रोसित देखिए । ‘धनगढीवासीले राम्ररी बुझ्नै सक्नुभएको छैन,’ उनले भने, ‘स्वतन्त्र रोजिदिनुहुन्छ, एमाले रोज्नसक्नुहुन्न । काम गरिदिनुपर्ने एमालले नेता बनाउने अरु कसैलाई । यो भुल अब सच्याउनपर्छ । जसले काम गर्छ त्यसैलाई नेतृत्व दिनुपर्छ ।’
उनले धनगढी बजारको रुपरंग फेर्ने काम एमालेले नै गरेको दाबी गरे । ‘धनगढीको रुपरंग फेरिएको छ,’ महासचिव पोखरेलले भने, ‘यसको पछाडि कमरेड केपी ओली हुनुहुन्छ । उहाँ प्रधानमन्त्री भएको बेला सघन सहरी विकास आयोजनाका रुपमा केही कार्यक्रम अगाडि बढाइएका थिए । त्यसैको परिणमले तपाईँहरुको धनगढी बजार हेर्न लायक बनेको छ ।’
प्रतिक्रिया