धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नतिजा सार्वजनिक भएको छ । १५ मध्ये १४ वटा आंगिक क्याम्पसमा निर्वाचन भएकोमा सबै क्याम्पसको नतिजा सार्वजनिक भएको हो ।
१४ मध्ये नौ क्याम्पसमा जित हासिल गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो भएको छ । अनेरास्ववियुले पाँच क्याम्पसमा जित निकालेको छ भने माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी निल भएको छ ।
यस्तै, सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने तालबान्दी छ । एकीकृत समाजवादीनिकट अनेरास्ववियू र नेकपानिकट अखिल समाजवादीले संयुक्त रूपमा निर्वाचन संयोजकको कार्यालयमा तालाबन्दी गरेका हुन् । अनेरास्ववियू र अखिल समाजवादीले वास्तविक विद्यार्थीलाई मतदानबाट वञ्चित गराउन खोजिएको भन्दै तालाबन्दी गरेका हुन् ।
१८ चैतमा उम्मेदवारी दर्ताको अघिल्लो दिन तालाबन्दी गरेपछि क्याम्पस प्रशासनले निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । डेढ दशकअघि स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अहिलेसम्म स्ववियु निर्वाचन हुन नसकेको छैन । यस्तै सुप विश्वविद्यालयकै आंगिक क्याम्पसका रुपमा रहेको अछामको जनता क्याम्पसमा पनि निर्वाचन हुन सकेको छैन ।
यी हुन् नेविसंघ विजयी नौ क्याम्पस
१) दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलाली– भुवन महरा
२) जगन्नाथ बहुमुखी क्याम्पस बैतडी– रोशन भट्ट
३) मणिलेक क्याम्पस बैतडी– मनोजदत्त ओझा
४) त्रिवेणी बहुमुखी क्याम्पस डडेल्धुरा– प्रकाश अवस्थी
५) दार्चुला बहुमुखी क्याम्पस दार्चुला–प्रकाश बडू
६) सीताराम बहुमुखी क्याम्पस डोटी– उमेश बलायर
७) बडीमालिका क्याम्पस बाजुरा– सविन रावत
८) कैलाली बहुमुखी क्याम्पस कैलाली– सन्तोष पन्त
९) टीकापुर बहुमुखी क्याम्पस कैलाली– किरण साउँद
यी हुन् अनेरास्ववियुले जितेका पाँच क्याम्पस
१) जयपृथ्वी क्याम्पस बझाङ– तिलकचन्द्र बोहरा
२) पाटन बहुमुखी क्याम्पस बैतडी– सञ्जय भण्डारी
३) घण्टेश्वर बहुमुखी क्याम्पस डोटी– सुरत बोहरा
४) गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुला– सुनिल डागा
५) बाजुरा क्याम्पस बाजुरा– लक्ष्मण रोकाया
प्रतिक्रिया